१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तीनैजनाको पहिचान खुल्यो (अपडेट) 

बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा ५२ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२४:oo

दोलखाको भीमेश्वर-१ सुस्पाक्षमावतीबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीस्थित पिस्करका लागि बिहेको जन्ती बोकेर जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका तीनजनाको पहिचान खुलेको छ।

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका- १ दोलखाका अन्दाजी ७० वर्षीय मानबहादुर थामी, सोही वडाका अन्दाजी वर्ष १६ का शिव श्रेष्ठ र भीनपा-१ कै अन्दाजी १७ वर्षीय दीपेन्द्र थामीको घटनास्थलमा मृत्यु भएको भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले जानकारी दिए।

उनका अनुसार घाइते ५२ जनामध्ये सामान्य घाइते २३ जनाको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार भइरहेको छ भने बाँकी २९ जनाको खाँडीचौरस्थित सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको छ। सिन्धु सदाबहार अस्पतालका अनुसार गम्भीर घाइते भएका बिरामीहरूको पहिचान भइरहेको र उनीहरूलाई काठमाडौं पठाइने तयारी भइरहेको छ।

शुक्रबार बिहान ३ बजे दोलखाको सुस्पाक्षमावतीबाट स्थानीय सुशील थामीको विवाहका लागि जन्ती लिएर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीस्थित पिस्करतर्फ हिँडेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोकको तौथलीनजिकै धरावतीमा दुर्घटना भएको थियो।

बस सडकबाट झन्डै १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी निरन्जन भट्टराईले बताए। बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

ad
ad