१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ श्रावण २९ बिहीबार १०:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले घर पुर्दा एक घाइते

Read Time : < 1 मिनेट
२०७७ श्रावण २९ बिहीबार १०:१७:००

धनकुटा नगरपालिका– ९ गुठीटारमा पहिरोले एक घर पुरेको छ । वर्षाका कारण माथिबाट खसेको पहिरोले गुठीटारका हेमकुमार राईको घर पुरेको हो । पहिरोले पुर्दा राईको एकतले घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी गोविन्द अधिकारीले बताए । 

घरमाथिबाट आएको पहिरोले थिच्दा घर लडेको छ । पहिरोका कारण करिब चार लाखबराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उक्त पहिरोले घर पुर्दा हेमकुमारकी १२ वर्षीया छोरी सुनिता राई घाइते भएकी छिन् । 

उनको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । सो घरमा राईको पाँचजनाको परिवार बस्दै आएकाे थियो ।

पहिरोले घर पुरेपछि उनीहरू विस्थापित भएका छन् । अहिले उनीहरू छिमेकीको शरणमा बस्दै आएको धनकुटा नगरपालिका– ९ का वडाध्यक्ष सन्दीप रायमाझीले बताए ।