१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण २५ आइतबार ११:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निजी अस्पतालले बिरामी भर्ना नलिएकाे भन्दै वीरगन्जमा प्रदर्शन

Read Time : < 1 मिनेट
२०७७ श्रावण २५ आइतबार ११:४०:००

पर्सामा पछिल्लो समय कोरोना संक्रमण बढेसँगै वीरगन्जका निजी अस्पतालले अन्य बिरामी भर्ना गर्न नमानेपछि वीरगन्जवासी प्रदर्शनमा उत्रिएका छन् । 

गएको तीन दिनयता अस्पतालले भर्ना गर्न नमानेकै कारण उपचार अभावमा वीरगन्ज महानगरपालिकाका तीनजनाले ज्यान गुमाएका थिए । उपचार नै नपाएर बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था पुन: नदाेहाेरियाेस् भनेर महानगरवासी प्रदर्शनमा उत्रिएका हुन् । 

उनीहरूले नारायणी अस्पतालको इमर्जेन्सीसहितको सबै सेवा सुचारु गर्न र उपचारविना बिरामी फर्काउने अस्पताललाई कारबाही गर्न माग गर्दै नारायणी अस्पतालअगाडि प्रदर्शन गरेका हुन् । 

जिल्लामा पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने र नयाँ संक्रमित निरन्तर बढिरहेकाले वीरगन्जका निजी अस्पतालले अन्य राेगका बिरामीकाे पनि उपचार नै नगरी गेटबाट फर्काउन थालेका छन् । 

यही २१ साउनमा जिल्ला प्रशासन कार्यालय पर्साले कुनै पनि किसिमको बिरामीलाई उपचार नगरी फर्काएको पाइएमा त्यस्ता अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको थियाे। 

प्रशासनकाे चेतावनीपछि पनि उपचारका लागि अस्पताल पुगेका बिरामीलाई विभिन्न बहाना देखाएर फर्काउने गरेको नगरवासीको आरोप छ ।