१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १० शनिबार १७:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महामन्त्री खड्काको दाबी- सरकारकै कारण हत्या, हिंसा र भ्रष्टाचार बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १० शनिबार १७:२४:००

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले सरकारको कारणले हत्या, हिंसा र भ्रष्टाचारका गतिविधि बढिरहेको आरोप लगाएका छन् । कांग्रेस तरुण विभागले शनिबार आयोजना गरेको कार्यक्रममा खड्काले सरकार र सत्तारुढ दलको नेतृत्वमा हत्या, हिंसा र भ्रष्टाचारका गतिविधि भइरहेको आरोप लगाएका हुन् । 

सरकारको रवैया र आन्तरिक खिचातानीका कारण जनताले दुःख पाएको बताउँदै उनले सरकारलाई खबरदारी गर्न कांग्रेस कमजोर नरहेको जिकिर गरे । कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन नसकेको गुनासो रहे पनि शान्तिपूर्ण राजनीतिमार्फत सरकारलाई खबरदारी गरिरहेको उनको दाबी छ ।

उनले सरकारका गलत निर्णय र सत्तारुढ दलको रवैयाले निराशामा रहेका जनतालाई भरोसा दिन तरुण दलले काम गर्नुपर्ने बताए ।