१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ श्रावण ७ बुधबार १६:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मास्क प्रयोग नगर्नेलाई जरिवाना गर्दा एक लाख राजस्व संकलन

Read Time : < 1 मिनेट
२०७७ श्रावण ७ बुधबार १६:१८:००

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारबाही गर्दा एक लाखभन्दा बढी राजस्व संकलन गरेको छ । 

कार्यालयले दुई साताकाे अवधिमा एक हजार ५९ जनालाई कारबाही गर्दा प्रतिव्यक्ति सय रुपैयाँका दरले एक लाख पाँच हजार नौ सय राजस्व संकलन भएको हो । 

कोभिड– १९ को संक्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई सय रुपैयाँ जरिवाना गर्न निर्देशन दिएको थियो । सरकारको निर्देशनअनुसार प्रहरीले मास्क प्रयोग नगरी घरबाहिर निस्कनेबाट नगदी रसिद बुझाउँदै जरिवाना असुल गरेको हो ।

सुर्खेतका सहायक प्रजिअ भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीस्वरूप जरिवाना तिराइएको बताए । रासस