१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रामकुमार श्रेष्ठ
२०७७ जेठ ३२ आइतबार १३:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा निधन

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ
२०७७ जेठ ३२ आइतबार १३:२२:००

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको निधन भएको छ । 

प्रतापपुर गाउँपालिकाका अध्यक्ष शर्मा सवार कार आइतबार दुर्घटनामा परेको हो । दुर्घटनामा परी गाउँपालिका अध्यक्ष शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । 

गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा उनी सवार गाउँपालिकाको लु.१झ ३७० नम्बरको स्कार्पियो बर्दघाटमा दुर्घटनामा परेको थियो । 

दुर्घटनामा घाइते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएकोमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए । 

शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका– ५ का हरिलाल राजभर घाइते भएका छन् । 

उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । 

कार बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खस्न पुगेको थियो । 

अध्यक्ष शर्मा जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासी जाँदै गर्दा कार दुर्घटनामा परेका हुन्।

शर्माको शवलाई पोष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।