१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ जेठ २२ बिहीबार १७:०१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

विदेशबाट आएकालाई राख्न भक्तपुरको हेरिटेज पार्टी प्यालेसलाई बनाइयो होल्डिङ सेन्टर (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ जेठ २२ बिहीबार १७:०१:००

भक्तपुरस्थित राधेराधेनजिकै रहेको हेरिटेज पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । अर्थात् विदेशबाट ल्याउने व्यक्तिलाई केहीबेर राख्नका लागि यो होल्डिङ सेन्टर बनाइएको हो । 

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले याे सेन्टर निर्माण गरेका हुन् ।

प्रदेश १ र प्रदेश २ का विदेशमा रहेका नागरिकलाई स्वदेश ल्याएपछि केही घन्टा यस सेन्टरमा राखिनेछ ।

त्यसका लागि यहाँ कुर्सीहरूको व्यवस्थापन गरिएको छ । त्यसैगरी अलि गम्भीर खालका व्यक्तिहरूलाई राख्न केही बेडको समेत व्यवस्था गरिएको छ ।