१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १६ शुक्रबार १६:३७:००
Read Time : < 1 मिनेट
खेलकुद

इंग्लिस प्रिमियर लिग १७ जुनदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १६ शुक्रबार १६:३७:००

इंग्लिस प्रिमियर लिग (इपिएल) १७ जुनबाट सुरु हुने भएको छ । बेलायती सरकारले इपिएल सुरु गर्न अनुमति दिएसँगै १७ जुनमा एस्टोन भिल्ला र सेफिल्ड युनाइटेडबीच पहिलो खेल हुनेछ ।

यसैगरी २० जुनमा आर्सनल र म्यानचेस्टर सिटीबीच खेल हुने तालिका सार्वजनिक भएको छ । इपिएलमा अझै ९२ खेल बाँकी छन् । अहिले शीर्ष चार टोली अर्को वर्ष युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताकोमा छनोट हुन प्रतिस्पर्धा गरिरहेका छन् ।

इपिएल पनि जर्मनीको बुन्डेस लिगाजस्तै बन्द रंगशालाभित्र नै हुनेछ । इपिएलका बाँकी खेलको लाइभ स्काई स्पोर्टस्ले गर्नेछ । सन् १९९२ पछि बिबिसीले पनि इपिएल लाइभ गर्ने जनाएको छ ।

सरकारले खेलाडी, प्रशिक्षक, टोलीका स्टाफ, पत्रकार तथा सुरक्षाकर्मीलाई कोरोना भाइरसबाट बच्न सुरक्षित रहन आग्रहसमेत गरेको छ । खेलका दौरान सबै सुरक्षा नीति अपनाउन भनिएको छ । नयाँ खेल तालिकाअनुसार इपिएल ६ साताको हुनेछ । जसमा सातामा तीन चरण खेल हुने सम्भावना छ ।

शीर्ष स्थानमा लिभरपुल स्पष्ट २५ अंकका साथ उपाधि दौडमा निकै अगाडि बढेको छ । लिभरपुलले अब बउनामाउथ, एस्टोन भिल्ला तथा नर्विच सिटीसँग प्रतिस्पर्धा गर्नेछ । यो तीनवटै खेलमा जित निकाले लिभरपुल ३० वर्षपछि इपिएल लिग विजेता बन्नेछ ।

‘इपिएल सुरु हुँदा बेलायतमा पुनः फुटबल माहोल बन्नेछ, यहाँ सबै फुटबललाई माया गर्छन्,’ इपिएल लिगका प्रमुख कार्यकारी रिचार्ड मास्टर्सले भने, ‘दर्शकहरूलाई यसपटक घरमै फुटबल हेर्न आग्रह गर्दछु ।’ उनका अनुसार इपिएलले लिग सुरु गर्न सबै तयारी गरेको छ । यसैगरी लिभरपुलका मिडफिल्डर जर्जिन्होले उपाधि उचाल्न आतुर भएको बताएका छन् ।