१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मदन भण्डारी विश्वविद्यालय खोल्न एक अर्ब २५ करोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार १७:३१:००

सरकारले आउँदो वर्ष मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालयको पूर्वाधार निर्माण गर्न एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको बजेट प्रस्तुत गर्दै प्राविधिक तथा व्यावहारिक शिक्षाका लागि मदन भण्डारी प्राविधिक विश्वविद्यालय सञ्चालन गर्न एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । 

उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सुधार तथा पारमाणविक प्रयोगशाला स्थापनाका लागि आवश्यक बजेट व्यवस्थापन गरेको बताए । 

यस्तै, दुई प्रदेशमा विधिविज्ञान प्रयोगशाला स्थापनाका लागि बजेटको व्यवस्था गरेको बताए ।