१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रारमा आचार्य सिफारिस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१९:oo

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिस्ट्रार पदमा डा. तिलकराम आचार्य सिफारिस भएका छन् । रिक्त रहेको रजिस्ट्रार पदमा सिफारिसका लागि उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले खुला विज्ञापनबाट दरखास्त माग गरेका थिए । रजिस्ट्रार सिफारिस गर्ने अधिकार उपकुलपतिमा रहे पनि प्रधानमन्त्री र शिक्षामन्त्रीले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयका पदाधिकारी छनाेट गर्ने परिपाटी बनाउनुपर्ने बताउँदै आएपछि विज्ञापन गरिएको थियो ।

चैत १८ गते प्रकाशित विज्ञापनअनुसार नाैजनाले दरखास्त दिएकोमा अन्तिम मूल्यांकनका लागि सातजना छनाेटमा परेका थिए । उनीहरूको वैशाख ८ मा अन्तिम मूल्यांकन भएको थियो । मूल्यांकन समितिमा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य डा. रमेशचन्द्र पौडेल अध्यक्ष, मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला र शिक्षाविद् प्रा.डा. पुष्कर बज्राचार्य सदस्य रहेको उपकुलपति कार्यालयले जनाएको छ। 

मूल्यांकन समितिले गरेको अन्तिम मूल्यांकनबाट प्राप्त नतिजाका आधारमा उच्च अंक ल्याउने आचार्यलाई नियुक्तिका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएको विश्वविद्यालयबाट जारी गरिएको सूचनामा उल्लेख छ । उनले बौद्ध दर्शनमा विद्यावारिधि गरेका छन् ।

उपकुलपति कार्यालयले प्रकाशित गरेको सूचनाको योग्यताक्रमको पहिलो नम्बरमा आचार्य रहेका छन् । दोस्रोमा प्रा.डा. नरेन्द्र कटुवाल छन् । उनले चियाखेतीका विषयमा विद्यावारिधि गरेका छन् । तेस्रोमा प्रा.डा. लालमणि पाण्डे छन् । उनले राजनीतिशास्त्रमा विद्यावारिधि गरेका छन् । चौथोमा प्रा.डा. काजीराम अधिकारी फार्मेसी विषयका विद्यावारिधि रहेको बताइएको छ । पाँचौँमा इन्द्रप्रसाद काफ्ले बौद्ध दर्शनमा स्नातकोत्तर हुन् भने छैटाैँमा रहेका डा. घनश्याम न्यौपाने र सातौँमा रहेका डा. गणेशप्रसाद घिमिरेले नेपाली साहित्यमा विद्यावारिधि रहेका छन् ।

मूल्यांकनका लागि दीर्घकालीन योजना र कार्ययोजनासहितको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि ५० अंक छुट्याइएको विश्वविद्यालय स्रोतले जनाएको छ । स्रोतका अनुसार शैक्षिक योग्यताबापत विद्यावारिधि गर्नेले १५ अंक र स्नातकोत्तर तहतर्फ १० अंक राखिएको थियो । त्यस्तै, प्राध्यापककाे १५ र सहप्राध्यापककाे १० अंक तोकिएको बताइएको छ ।

अनुभवमा डिनभन्दा माथिल्लो पदमा रही काम गरेकाको हकमा प्रतिवर्ष दुई अंक, निर्देशक, परीक्षा नियन्त्रक भई कार्य गरेकालाई प्रतिवर्ष १.५ अंक र केन्द्रीय विभाग प्रमुख, सहायक डिन र क्याम्पस प्रमुखका हकमा प्रतिवर्ष एक अंक राखी २० पूर्णांक तोकिएको जनाइएको छ । सोही अंक र मूल्यांकनका आधारमा विश्वविद्यालयले योग्यताक्रम प्रकाशित गरेको छ । सिफारिसका आधारमा प्रधानमन्त्रीले चार वर्षका लागि रजिस्ट्रार नियुक्त गर्नेछन् । विश्वविद्यालयमा चैत १ गतेदेखि रजिस्ट्रार पद रिक्त भएको हो ।

ad
ad