१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी
२०७७ बैशाख २८ आइतबार १५:०२:००
Read Time : < 1 मिनेट
विश्व

भारत र चीन सीमामा झडप हुँदा ११ सैनिक घाइते 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ बैशाख २८ आइतबार १५:०२:००

भारत र चीनको सीमामा पर्ने सिक्किमकाेे उत्तरी क्षेत्रमा दुई देशका सेनाबीच झडप हुँदा कम्तीमा ११ सैनिक घाइते भएको भारतीय मिडियाले जनाएका छन् । 

सिक्किमको नाकु ला क्षेत्रमा दुई देशका सेनाबीच शनिबार झडप भएको हो । झडपमा चार भारतीय र सात चिनियाँ सैनिक घाइते भएका छन् । घटनामा दुवै देशका करिब एक सय ५० सैनिक संलग्न रहेको र विवाद स्थानीयस्तरमै सुल्झाएपछि सबै सैनिक आ–आफ्नो पोस्टमा फर्किएको भारतीय अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । 

भारत र चीनबीच सीमामा पटकपटक विवाद हुँदै आएको छ । सन् २०१७ मा  चिनियाँ र भारतीय सेनाबीच विवाद भएको थियो । त्यस समयमा पनि दुवैतर्फका सैनिकले ढुंगा हानाहान गरेका थिए ।