१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मोहनश्याम महर्जन
२०७६ चैत ५ बुधबार १०:०९:००
Read Time : > 1 मिनेट
सप्तरंग

जसको कार्टुनले सम्पादक गए जेल

कार्टुन संवाद

Read Time : > 1 मिनेट
२०७६ चैत ५ बुधबार १०:०९:००

०४८ सालमा प्रजातन्त्रको पुनर्बहालीपछि भएको पहिलो आमनिर्वाचनलगत्तै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । उनले भारतसँग गरेको टनकपुर सन्धि विवादमा पर्‍यो । त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्‍यो । मुद्दाको फैसला आउने दिन नजिकिँदै गर्दा साप्ताहिक विमर्शमा एउटा कार्टुन छापियो, जसमा नरिवलको बोटमा बसेका तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायलाई भुइँमा रहेका कांग्रेस र तत्कालीन एमाले नेताहरूले ‘छिटो खसाल, यता खसाल’ भनिरहेको चित्रण गरिएको थियो ।

प्रधानन्यायाधीश उपाध्यायको शरीरलाई कार्टुनमा बाँदरको रूप दिइएको थियो । कार्टुनले अदालतको मानहानि भएको ठहर गर्दै सर्वोच्चले विमर्शका सम्पादक हरिहर विरहीलाई सात दिन कैद र पाँच सय रुपैयाँ जरिवाना तोक्यो । त्यो कार्टुन बनाएका थिए, मोहनश्याम महर्जनले ।

महर्जनले विरहीलाई आफैँ जेल जाने आग्रह गरे । तर, विरहीले मानेनन् । त्यसअघि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पालामा उनले गोरुलाई प्रधानमन्त्रीले साबुन–ब्रस लगाएको र एउटा मान्छेले ‘के गोरुलाई गाई बनाउन खोजेको’ भनी प्रश्न गरेको कार्टुन बनाएका थिए । उक्त कार्टुन छापेबापत केही समय पत्रिका नै बन्द भएको उनी बताउँछन् ।

ललितपुर खोकनाका स्थायी बासिन्दा उनी ०२८ सालदेखि निरन्तर कार्टुन बनाउँदै आएका छन् । हालसम्म उनले सात हजारभन्दा बढी कार्टुन बनाएका छन् । ‘पञ्चायती व्यवस्थामा सम्पादकले भनेका आधारमा उच्चपदस्थको हाउभाउ तयार पार्नुपथ्र्यो,’ उनी भन्छन्, ‘किनकि, त्यसवेला मन्त्री र प्रशासकको तस्बिर सार्वजनिक हुँदैनथ्यो ।’ ०४१ सालमा नेपाल टेलिभिजन स्थापना भएपछि भने कार्टुन बनाउन सहज भएको उनी बताउँछन् । किनकि, मन्त्री र प्रशासकको हाउभाउ त्यसपछि टेलिभिजनमा देखिन थाल्यो । 

कार्टुनले अदालतको मानहानि भएको ठहर गर्दै सर्वोच्चले विमर्शका सम्पादक हरिहर विरहीलाई सात दिन कैद र पाँच सय रुपैयाँ जरिवाना तोक्यो । त्यो कार्टुन बनाएका थिए, मोहनश्याम महर्जनले ।

जनताको मौलिक हक नै नरहेको पञ्चायतकालमा कार्टुन बनाउन निकै जोखिमपूर्ण थियो । तर, खोकनाको ‘प्यासन’का सामु ती जोखिमको अर्थ थिएन । त्यतिवेला सरकारी पक्षको केरकारमा बारम्बार परे, उनी । तर, सम्पादकको निर्देशनअनुसार बनाएको र सरकारप्रति रिसराग नसाँधेको बताउँदै छुटिरहे ।उनको खास थर महर्जन हो । तर, आफ्नो नामको पछाडि उनले महर्जन नभई खोकना लेख्छन् ।

आफ्नो जन्मथलो खोकनालाई परिचित गराउन आफूले त्यस्तो उपाय अपनाएको उनी बताउँछन् । पत्रपत्रिकामा कार्टुन बनाउन थालेको डेढ महिनापछि एक अपरिचित व्यक्ति उनलाई भेट्न आए । ती व्यक्तिले उनलाई कार्टुन कसले बनाएको भन्दै प्रश्न गरे । पञ्चायतकाल भएकाले उनी झस्किए । तर, सम्हालिँदै जवाफ दिए, ‘मैले बनाएको । केही गल्ती भयो र ।’

अपरिचित व्यक्तिले गल्ती नभई राम्रो लागेर सोधेको बताए । उनले महर्जनको ठेगाना सोधे । उनले खोकना भएको बताए । ती व्यक्तिले सोधे, ‘यो कता पर्छ, पूर्व कि पश्चिम ?’ रत्नपार्कबाट केही किलोमिटर दूरीको आफ्नो गाउँ अपरिचित रहेकामा उनलाई ग्लानि महसुस भयो । ‘त्यसपछि थर नै खोकना लेख्न थालेँ,’  उनी भन्छन् ।