१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सुनील पौडेल जेल चलान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:१४:oo

सम्पत्ति स्थानान्तरणको सम्भावना रहेको भन्दै थुनामै राख्ने आदेश 

गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनील पौडेललाई विशेष अदालतले थुनामै राखी पुर्पक्ष गर्नुपर्ने आदेश गरेको छ । सम्पत्तिको स्थानान्तरण गर्न सक्ने सम्भावनाका कारण बुधबार विशेष अदालतका सदस्यहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई थुनामा पठाएको हो । अदालतको आदेशसँगै पौडेल डिल्लीबजार कारागार चलान भएका छन् । 

गत आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो, जसको बुधबार थुनछेक आदेश भएको हो । ‘यसमा प्रतिवादीले सम्पत्तिको अभौतिकीकरण र स्थानान्तरण गर्न सक्ने सम्भावना रहेका कारण थुनामै राखी पुर्पक्ष गर्नुपर्ने आदेश भएको छ,’ विशेषका सूचना अधिकारी यज्ञराज रेग्मीले भने । यो मुद्दामा सुनीलका साथै उनका दाइ अनिल पौडेल पनि प्रतिवादी छन् । पौडेलसँग २३ करोड ७५ लाख अवैध सम्पत्ति रहेको अख्तियारको अभियोग छ ।

सिंगापुरको बैंकमा समेत लुकाएको सम्पत्ति फेला पारी आयोगले मुद्दा दायर गरेको थियो । उनी १० माघदेखि अख्तियारको हिरासतमा थिए । सुनील नेसनल पेमेन्ट गेटवे खरिद प्रकरणमा पनि दोषी ठहर भइसकेका छन् । तत्कालीन राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक हुँदा अवैध सम्पत्ति आर्जन गरेको अख्तियारको अभियोग छ । विशेषले उनीमाथि गत शुक्रबार मात्र भ्रष्टाचारको कसुर कायम गर्दै सजाय निर्धारणको पेसी तोकेको हो । उनीमाथि २५ वैशाखमा सजाय निर्धारण हुनेछ । 

ad
ad