१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १६ बुधबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १६ बुधबार १७:o८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

 ‘स्वस्थानी भर्सेस ग्याङ’ लिएर आउँदै कार्टुन्ज क्रु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १६ बुधबार १७:o८:oo

चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ले ल्याउन लागेको वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ गतेदेखि स्ट्रिमिङ हुने भएको छ। वेब सिरिजको पोस्टर सार्वजनिक गर्दै टिमले उक्त जानकारी दिएको हो।

यसअघि ‘हाम्रो हाइस्कुल’, ‘ट्वेन्टिफस्ट लभ’ र ‘यू एन्ड आई’पछि ‘प्रोफाइल पिक्चर्स’ले कार्टुन्ज क्रुसँगको सहकार्यमा छुट्टै नयाँ  सिरिज ल्याउन लागेको हो।

नेपालमा अहिले बनिरहेका वेब सिरिजभन्दा बिल्कुलै फरक ढंगले निर्माण भएको टिमको दाबी छ। सिरिजमा कथा, पटकथा र निर्देशन सरिन पोखरेलको छ। सरोज अधिकारी र सागर खनाल निर्माता हुन् भने कार्यकारी निर्मातामा विजय अधिकारी (बन्नी) छन्।

सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, जीवेश गुरुङ, लक्ष्मी गिरी, विजय अधिकारी, संगीता बस्याल ,अस्मिता खनाल, अभिप्सा खनाल, संयोग गुरागाईं, रोशनी कार्की, सोनिया लामा, निकोलस अर्याललगायतका कलाकार छन्।

संकल भुजेलको छायांकन र सागर खनालको सम्पादन रहने वेब सिरिजमा गायक प्रताप दासको केमियो भूमिका हुने बताइएको छ। एड्भेन्चर, कमेडी, रोमान्टिक ड्रामा जनरामा राखिएको यो सिरिज कार्टुन्ज क्रुको युट्युब च्यानलबाट स्ट्रिमिङ हुनेछ।