१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ३ सोमबार ११:४०:००
Read Time : < 1 मिनेट
समाचार

महाधिवेशनको रणनीति बनाउन आफूनिकट नेतासँग छलफल गर्दै सिटौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ३ सोमबार ११:४०:००

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूनिकट नेताहरूसँग छलफल गर्न बैठक बोलाएका छन् । 

०७७ को ७ देखि १० फागुनसम्म काठमाडौंमा हुने १४ औं महाधिवेशनको तयारीमा पार्टी जुटेपछि सिटौलाले बैठक बोलाएका हुन् । बत्तिसपुतलीमा दिउँसो १२ बजे बैठक बस्ने बताइएको छ । 

सिटौला समूहका नेता प्रदीप पौडेलले कृष्णप्रसाद सिटौलाले बैठक बोलाएको जानकारी दिए । उनले नयाँ पत्रिकासँग भने, ‘बैठक बोलाउनु भएको हो । पार्टीकै विषयमा छलफल हुन्छ होला । यसबाहेक अन्य जानकारी छैन ।’  

बैठकमा सिटौलासहित कांग्रेस केन्द्रीय सदस्यहरू शिव हुमागाईं, प्रदीप पौडेल, गगन थापा लगायत उपस्थित हुने बताइएको छ । उमाकान्त चौधरी भने पार्टीकै काममा बारा छन् । 

सिटौलाले आफू निकटका नेताहरूसँग छलफल गरेर महाधिवेशनको रणनीति बनाउने बुझिएको छ । कांग्रेसभित्र पछिल्लो समय १४ औं महाधिवेशनकेन्द्रित गुटगत भेलाले तीव्रता पाएको छ ।