१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

इलाम बजारमा कांग्रेसको चुनावी सभा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:o९:oo

आगामी १५ वैशाखमा इलाम २ मा हुने उपवनिर्वाचनलाई लक्षित गरेर कांग्रेसले इलाम सदरमुकाममा शनिबार चुनावी सभा गरेको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतको उपस्थितिमा चुनावीसभा आयोजना गरिएको हो । इलाम २ मा कांग्रेस उम्मेदवार डम्बर खड्का छन् ।

कांग्रेस महामन्त्री थापाले इलाममा हुन लागेको उपनिर्वाचनले उत्तेजनाको राजनीतिलाई स्वीकार गर्छ कि चेतनाको राजनीतिलाई स्वीकार गर्छ भन्ने फैसला गर्ने बताए । ‘यो उपनिर्वाचनले उचाल्ने राजनीतिलाई स्वीकार गर्छ कि मिलाउने राजनीतिलाई स्वीकार गर्छ भन्ने फैसला गर्छ । हामीले सबै कुरा गर्न सक्छौँ भन्ने होइन । हामी मिलाउन सक्छौँ । हामी सम्हाल्न सक्छौँ । कांग्रेससँग सम्हाल्ने शक्ति छ । तपाईंले कस्तो शक्ति खोज्नुभएको हो ?,’ उनले भने, ‘पहिचानवादी साथीहरूलाई सोध्न चाहन्छु पहिचानको नाराको सम्बोधन होस् भन्ने चाहना हो कि नारा नारा मात्र रहोस् भन्ने चाहनुहुन्छ ? सबै जातजातिलाई कांग्रेसले समान अधिकारलाई स्थापित गर्छ ।’ थापाले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई लक्षित गर्दै कुल वा वंशमा जन्मिएको आधारमा विशेष अधिकार पाउनु गणतन्त्र नभएको बताए ।  

अर्का महामन्त्री विश्वप्रकाश शर्माले इलाम २ को उपनिर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताए । उनले चुनावी आचारसंहिता पालना गर्दै प्रचार–प्रसार गर्नुपर्ने बताए । उनले प्रचार–प्रसारको क्रममा कसैलाई पनि गाली नगर्न आग्रह गरे । उनले सबै राजनीतिक दललाई निर्वाचनको परिणामपछि इलामको विकासका लागि एक हुने संकल्प गर्नुपर्ने उल्लेख गरे ।

‘इलामको मुहार फेर्ने मुद्दामा बहस गरौँ । केही भएन भन्नुभन्दा विगतमा भएको काम किन ढिला भयो भन्ने प्रश्न गरौँ । विगतमा इलामका लागि के गर्‍यौँ । देशका लागि के गर्‍याैँ भनेर कुरा राखौँ । भएन/बिग्रियो/सकियो भनेर मात्र निराशाजनक कुरा नगरौँ,’ शर्माले भने, ‘काम भइरहेको छ । तर, किन ढिला भइरहेको छ भन्नेमा प्रश्न गरौँ । आफ्नो पार्टीलाई भोट माग्दा तथ्यमा टेकेर मत मागौँ । केही भएको छैन भन्ने कुरा तथ्यमा आधारित होइन ।’ महामन्त्री शर्माले इलामको निर्वाचनमा परिवर्तन, पहिचान र प्रगतिको मुद्दा लिएर अघि बढ्ने बताए । ‘इलामले सधैँ एउटै स्वाद लियो । अब इलाम परिवर्तन चाहन्छ । परिवर्तनको नेतृत्व कांग्रेसले नेतृत्व गर्छ । विगतमा २५ वर्ष एउटैले नेतृत्व गर्नुभयो । सुवासचन्द्र नेम्वाङ संविधानसभाको अध्यक्ष बनेर जानुभयो । संविधान दिएर जानुभयो,’ उनले भने ।

ad
ad