१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २८ मंगलबार १८:४०:००
Read Time : > 1 मिनेट
समाचार

टर्दै स्ववियु निर्वाचन, आरोप-प्रत्यारोपमा विद्यार्थी संगठन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २८ मंगलबार १८:४०:००

विश्वविद्यालय पदाधिकारीसहित विद्यार्थी संगठनहरूले १४ फागुनमा स्वावियु निर्वाचन गर्ने सहमति गरेका थिए । तर, नेपाल विद्यार्थी संघले निर्वाचनमा जान आनाकानी गर्न थालेपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित बन्दै गएको छ ।

विद्यार्थी संगठनहरू नै निर्वाचन गराउने वातावरण तयार पार्ने भन्दा आरोप-प्रत्यारोपमा उत्रिन थालेका छन् । अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, नेविसंघलगायत संगठन तोकिएकै मितिमा निर्वाचन हुनु पर्ने अडान राख्दै आएका छन् भने नेविसंघले अहिलेकै अवस्थामा निर्वाचनमा जान नसक्ने मत राख्दै आएको छ । नेविसंघका अध्यक्ष राजिव ढुंगानाले रेक्टर नै नियूक्त नगरेकाले स्ववियु चुनाव गराउन गाह्रो हुने बताए ।

‘स्ववियु निर्वाचन गराउँदा रेक्टर अध्यक्ष हुन्छ, त्यो नियुक्त गर्न तदारुकता देखाइएको छैन,’ ढुंगानाले भने, ‘स्ववियु निर्वाचन नेविसंघ नभई त्रिवि आफैले तयार गरेन ।’ यस्तै, नेविसंघ महामन्त्री दीपक भट्टराईले त्रिविले स्ववियु निर्वानका लागि वातावरण नै बनाउन नसकेको आरोप लगाए । ‘स्ववियु निर्वाचन गर्ने भनिएको छ, रेक्टर नियुक्त गरिएको छैन । त्रिवि पदाधिकारी निर्वाचन गराउँछौ भन्नु हुन्छ उल्टै वातावरण बिग्रार्नु हुन्छ,’ भट्टराईले भने, ‘त्रिवि पदाधिकारीले हाम्रो संगठनको नयाँ पदाधिकारी आएपछि स्ववियु निर्वाचनबारे एकपटक बोलाएर छलफलसमेत गर्नु भएको छैन ।’

तर, सत्तारुढ नेकपा विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले त्रिविले स्ववियु निर्वाचन गराउन सबै विद्यार्थीलाई सहमत गराई कार्य तालिका सार्वजनिक गर्नु पर्ने बताए । स्ववियु निर्वाचन केही दिन सारेरै भए पनि गराउनै पर्ने तामाङले बताए । यस्तै, अनेरास्ववियूका अर्का नेता जिपी मैनालीले नेविसंघ निर्वाचनबाट पारजित हुने निश्चित भएपछि स्ववियु चुनावबाट भाग्न खोजेको आरोप लगाए । 

‘लोकतन्त्रमा चुनावी हारजित हुन सक्छ, लोकतन्त्रको हिमायती ठान्ने कांग्रेसको भातृ संगठन निर्वाचनबाट भाग्न मिल्दैन । तर, हारको डरले कुनै संगठन स्ववियु चुनावको विरोधमा उभिए यसले विद्यार्थी आन्दोलनमाथि औला उठाउनेहरूलाई नै थप बल पुर्याउँछ,’ मैनालीले भने । अनेरास्ववियूकै अर्का नेता आरसी लामिछानेले नेविसंघ विजयकुमार गच्छादारलाई काँधमा बोकेर माइतिघर हिड्दा मुद्दाबाट विचलित भइरहेको आरोप लगाए ।