१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ पौष १५ मंगलबार ०७:२५:००
Read Time : < 1 मिनेट
अर्थ

नेपाल भ्रमण वर्ष २०२० को तयारी पूरा  

Read Time : < 1 मिनेट
२०७६ पौष १५ मंगलबार ०७:२५:००

सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को तयारी पूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित दुई वर्षअगाडि घोषणा गरिएको अभियानको तयारी पूरा भएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार (जनवरी १) दशरथ रंगशालामा हुने विशेष समारोहबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक सुरुवात भएको घोषणा गर्नेछिन् ।

‘भ्रमण वर्षको सबै तयारी पूरा भएको छ, हामी विश्वका पर्यटकलाई नेपाल आउन आह्वान गर्नेछाैं,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने । सोमबार सचिवालयले आयोजना गरेको ब्रिफिङमा मन्त्री भट्टराईले नेपालको समृद्धिको यात्रा पर्यटनबाटै सुरु गर्ने र त्यो अभियानमा भ्रमण वर्षले सार्थकता दिने दाबीसमेत गरेका छन् । 

मन्त्री भट्टराईले २० लाख पर्यटक आउँदै गर्दा देशलाई के फाइदा हुनेछ ? पर्यटनमा कति गुणस्तरीयता आउनेछ ? भन्ने विषयलाई प्राथमिकतामा राखेको बताए । ‘पर्यटन क्षेत्रबाट राजस्व तथा रोजगारी कति बढ्नेछ ?, समग्र आर्थिक वृद्धि, प्रतिव्यक्ति आय एवं कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कस्तो योगदान दिनेछ ? पर्यटनमा गुणस्तरीयता, बजारीकरण र ब्रान्डिङमा कस्तो परिवर्तन आउनेछ ? भन्ने विषय नै प्राथमिकतामा रहेको छ,’ मन्त्री भट्टराईले भने ।