१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ पौष १० बिहीबार ०८:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सूर्य ग्रहण सकियाे

Read Time : < 1 मिनेट
२०७६ पौष १० बिहीबार ०८:४३:००

नेपाली आकाशबाट बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण देखिएको छ । विहान ८ बजेर ४३ मिनेटबाट सुरु भएको सूर्यग्रहण काठमाडौंमा ११:३३ बजे सकिएको छ ।  बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलाय विकास समितिका अनुसार बिहान ८ बजेर ४३ मिनेटबाट सुरु भएको ग्रहण काठमाडौंमा ११:३३ बजे सकिएको हो । नेपालबाट विरल छाया र खण्डग्रास मात्र देखिएकाे समितिले जनाएको छ ।

ग्रहणलाई पृथ्वीको केही भागबाट बलयाकार वा रिङजस्तो देखिएकाे थियाे । अर्थात् चन्द्रमाको छायाको व्यास सूर्यको भन्दा सानो हुने भएकाले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि देखिएकाे थियाे ।

सोही कारण यसलाई ‘रिङ अफ फायर’ पनि भन्ने गरिएको समितिले जनाएको छ । समितिका निमित्त कार्यकारी निर्देशक सनतकुमार शर्माका अनुसार रिङ अफ फायर साउदी अरबबाट देखिन सुरु भएकाे थियाे ।

कतार, युएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बंगालको खाडी, मलेसिया, इन्डोनेसिया, सिंगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य भएकाे उनको भनाइ छ ।