१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
काठमाडौं
२०७६ मङ्सिर २३ सोमबार ०६:५२:००
Read Time : < 1 मिनेट
अर्थ

ग्लोबल आइएमई बैंकका सिइओ क्षेत्रीको पद बहाली

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ मङ्सिर २३ सोमबार ०६:५२:००

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा परशुराम कुँवर क्षेत्रीले पद बहाली गरेका छन् । ग्लोबल आइएमईमा जनता बैंक गाभिएपछि २० मंसिरदेखि एकीकृत कारोबार सुरु भएको हो । मर्जरको औपचारिक कार्यक्रमपछि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले क्षेत्रीलाई पद बहाली गराएका हुन् ।

तीन दशकभन्दा बढी समय बैंकिङ क्षेत्रमा रहेका क्षेत्री ०७४ साल असार १ गतेदेखि जनता बैंक नेपालको सिइओ थिए । यसअघि उनले तत्कालीन बैंक अफ एसिया र ग्रान्ड बैंकमा सिइओका रूपमा काम गरेका थिए । 

तत्कालीन ग्रिनलेज बैंकबाट ०४२ सालदेखि बैंकिङ क्यारियर सुरु गरेका क्षेत्रीले तत्कालीन सरकारले विदेशी विज्ञहसमेतको सहभागितामा गठन गरेको नेपाल बैंक लिमिटेडको वित्तीय सुधार कार्यक्रमको टिममा कार्य गरेका थिए । 

एकीकृत कारोबारपछि ग्लोबल आइएमई बैंकको प्राथमिक पुँजी कोष २४ अर्ब, कुल निक्षेप २ अर्ब १३ करोड तथा कुल कर्जा १ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । त्यस्तै, देशभर बैंकका ३ सयभन्दा बढी शाखा, २ सय ५९ एटिएम, २४४ शाखारहित बैंकिङ सेवा, ३३ एक्स्टेन्सन तथा राजस्व काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय पुगेको बैंकले जनाएको छ ।