१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
विराटनगर
२०७६ मङ्सिर २२ आइतबार ०७:३१:००
Read Time : < 1 मिनेट
प्रदेश

मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना

Read Time : < 1 मिनेट
विराटनगर
२०७६ मङ्सिर २२ आइतबार ०७:३१:००

मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन पोलिटेक्निक इन्स्टिच्युटलाई स्तरोन्नति गरेर प्राविधिक विश्वविद्यालय स्थापना गरिएको छ । प्रदेश १ सरकारले प्रदेश सभाबाट कानुन निर्माण गरेर देशकै पहिलो प्रादेशिक विश्वविद्यालयका रूपमा मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरेको हो ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा गठन गरिएको प्रतिष्ठानमार्फत सञ्चालन हुँदै आएको पोलिटेक्निक प्राविधिक विश्वविद्यालय बनेपछि प्रदेश सरकारमार्फत सञ्चालन हुनेछ । मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पोलिक्लिनिकको सम्पत्ति र सञ्चालनको दायित्व प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन् । उनले सातवटै प्रदेशमा प्राविधिक विश्वविद्यालय खोल्ने सरकारको अभियान रहेको भन्दै त्यसको थालनी प्रदेश १ बाट भएको बताए ।

प्रदेश मुख्यमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरधन राईले पोलिटेक्निकलाई विश्वविद्यालयमा स्तरोन्नति गरेर मनमोहन र भरतमोहन अधिकारीको सपना पूरा गरिएको बताए । विश्वविद्यालयका सहकुलपति एवं प्रदेश सरकारका समाजिक विकासमन्त्री जीवन घिमिरले भौतिक सम्पत्ति र दायित्व ग्रहण गर्दै ऐतिहासिक कार्य भएको बताए ।