१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हिन्दु विश्वविद्यालय स्थापनाका लागि अध्ययन समितिले बुझायो प्रतिवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १८:oo:oo

श्री पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन समितिले पर्यटनमन्त्री सुदन किराँतीलाई अध्ययन प्रतिवेदन बुझाएको छ। आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा समितिले प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन बुझाउन पाएको एक महिनाको समय सीमाभित्रै डा. जगमान गुरुङ संयोजक रहेको अध्ययन समितिले प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री किराँतीले नेपालमा यस्ता धेरै अध्ययन समिति बन्ने तर पाएको जिम्मेवारी पूरा नहुने गरेको अवस्थामा यो समितिले त्यो प्रवृत्तिको ‘ब्रेक’ गरेको बताए।

संविधानले समाजवादउन्मुख राज्यको व्यवस्था गरेको स्मरण गराउँदै उनले गाडी वा जहाज चढेर समाजवाद नआउने भएकाले सरकारले काम गरेर ल्याउनुपर्ने प्रस्ट पारे। उनले नेपाली मूल्य र मान्यताहरूलाई विस्थापित गरेर समाजवादको कल्पना गर्न नसकिने धारणा राखे। मन्त्री किराँतीले समितिले बुझाएको प्रारम्भिक अवधारणा भएको भन्दै विस्तृत अध्ययनसमेत यही समितिले गर्नुपर्ने बताए। 

अध्ययन समितिका संयोजक डा. गुरुङले श्रीपशुपति हिन्दु विश्वविद्यालयले विश्वका पर्यटक आकर्षण गर्ने बताए। उनले समितिले बनाएको अवधारणामा सरकारले कार्यविधि बनाएर संसद्बाट पास गराएर २०८१ वैशाख १ गते शिलान्यास गर्ने योजना रहेको जानकारी दिए।

नेपालको धर्म, दर्शन, संस्कृति र लोक परम्परालगायतको नेपालमुखी रैथाने विषय अध्ययन अध्यापन गराउन श्रीपशुपति हिन्दु विश्वविद्यालय आवश्यक रहेकाे प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा उक्त विश्वविद्यालमा स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख रहेको छ।

ad
ad