Skip This
संसदमा जारी अवरोध अन्त्य गर्न प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच छलफल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १३ आइतबार ११:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसदमा जारी अवरोध अन्त्य गर्न प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार ११:३५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गत्यावरोध अन्त्यका लागि कांग्रेसलाई आग्रह गरेका छन्। 

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित लगातार सदनको कारबाहीमा अवरोध गर्दै आएको छ। 

प्रधानमन्त्री दाहालले आज कांग्रेस सभापति शेरबहादुर देउवानिवास पुगेर सदनको कामकारबाहीलाई सहज बनाइदिन आग्रह गरेका हुन्। 

प्रधानमन्त्री दाहालले सभापति देउवासँग एक्लाएक्लै र अन्य नेताहरूसँग सामूहिक छलफल गरी सदनको अवरोध हटाइदिन आग्रह गरेका थिए। 

कांग्रेस सहमहामन्त्री जीवन परियारले समस्या समाधानका लागि प्रधानमन्त्रीले गम्भीरतापूर्वक सक्रियता लिएको जानकारी दिए। प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच समस्या समाधानका लागि महत्त्वपूर्ण छलफल भएको उनले बताए। 

संसद्को अवरोध हटाउने विषयमा आज शीर्ष नेताहरूबीच छलफल गर्ने कार्यसूची तय भएको थियो। कांग्रेस सभापति देउवाले आफू अस्वस्थ भएको भन्दै प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निवासमा आउन आग्रह गरेको कांग्रेस नेता परियारले जानकारी दिए। 

ad
ad
ad
ad