१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ मङ्सिर ६ शुक्रबार ०८:१२:००
Read Time : < 1 मिनेट
खेलकुद

सन्दीपको लगातार बलमा दुई विकेट

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ६ शुक्रबार ०८:१२:००

नेपालका लेगस्पिनर सन्दीप लामिछानेले युएईमा सञ्चालन भइरहेको टी–१० क्रिकेट लिगमा बिहीबार क्वालान्डर्सविरुद्ध लगातार दुई बलमा विकेट लिएका छन् । कर्नाटक टुस्कर्समा आबद्ध सन्दीपले ६.५ र ६.६ ओभरमा टोम बन्टोन र टोम कोल्हरलाई आउट पार्दै लगातार बलमा विकेट लिएका हुन् । अर्को खेलमा आफूले फ्याँकेको पहिलो बलमै विकेट लिँदा उनको ह्याट्रिक हुनेछन् । 

सन्दीपले दुई ओभरमा ३० रन खर्चिए । सो खेलमा क्वालान्डर्स ३२ रनले विजयी भयो । सन्दीपले जारी लिगमा पाँच खेलबाट ६ विकेट पुर्‍याएका छन् ।  क्वालान्डर्सविरुद्ध आफ्नो पहिलो ओभरमा सन्दीपले २२ रन खर्चिएका थिए । ब्याटिङका क्रममा उनले सात बलमा पाँच रन बटुले । उनी सर्वाधिक विकेट लिने बलरकोे सूचीमा सातौँ स्थानमा छन् । समग्रमा ६ खेलमा १० ओभर बलिङ गरेका सन्दीपले ११८ रन खर्चिएका छन् । उनको ११.८० को इकोनोमी रहेको छ ।