१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १७:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सन्दीप लामिछानेले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १७:३७:oo

जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जिल्लाको फैसला पुनरावेदनका लागि उच्च गएकामा अब  थुनाबाहिरै बसेर पुनरावेदन गर्ने सुविधा पाउने भएका छन्। बिहीबार उच्च अदालत पाटनका रजिस्ट्रार मानबहादुर कार्कीबाट भएको आदेशमा लामिछानेको मागबमोजिम थुनाबाहिरै बसेर पुनरावेदन गर्ने सुविधा प्रदान गरिएको उल्लेख छ।

जिल्ला अदालत काठमाडौंबाट लामिछानेलाई २५ पुसमा ५ वर्ष कैद तीन लाख जरिवाना र १२ हजार पीडित राहत कोषमा बुझाउनुपर्ने तथा पीडितलाई क्षतिपूर्तिबापत दुई लाख रुपैयाँ भराइदिने गरी फैसला भएको थियो।

आफ्नी ‘फ्यान’लाई प्रभावमा पारेर बलात्कार गरेको जाहेरीमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई कसुरदार ठहर गरेको हो।

जिल्लाको फैसला पुनरावेदनका लागि लामिछाने उच्च अदालत गएका हुन्।

ad
ad