१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ कार्तिक २७ बुधबार २०:४८:००
Read Time : < 1 मिनेट
समाचार

वडाध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी

Read Time : < 1 मिनेट
२०७६ कार्तिक २७ बुधबार २०:४८:००

आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडामा वडाध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार ४ राजनीतिक दल र एक जना स्वतन्त्र गरी ५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

वडाध्यक्षका लागि नेकपाका नविनकुमार श्रेष्ठ, कांग्रेसका प्रकाश सेढाइँ, राप्रपाका पवनराज बसौला, मंगोल नेशनल अर्गनाइजेशन पार्टीका रामजी दर्जी र कांग्रेसबाट छुट्टिएर बनेको स्वतन्त्र समूहका कृष्णबहादुर केसीले मनोनयन दर्ता गरेका हुन् । स्थानीय तह साथै प्रदेश तथा संघको चुनावमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका समूहले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । 

स्थानीय तह चुनावमा सुन्दरबजार नगरपालिका-२ मा वडाध्यक्ष पदमा निर्वाचित तत्कालीन एमालेका लोकराज पाण्डे जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त पदका लागि चुनाव हुन लागेको हो । स्थानीय तह चुनावमा तत्कालीन एमालेका पाण्डेले ९ सय ५ मत ल्याएर वडाध्यक्षमा विजयी भएका थिए । निकटत्तम प्रतिद्वन्द्वी कांग्रेसका पर्शुराम केसीले ३ सय ४७ मत ल्याएका थिए । माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर मौरतीले १ सय ६ मत ल्याएका थिए भने राप्रपाका दीपकराज सेढाइँले ५२ मत पाएका थिए । 

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी सृजना मिश्रका अनुसार यस वडामा २ हजार १ सय २४ मतदाता रहेकोमा उप–निर्वाचनमा मतदाता संख्या बढेर २ हजार २ सय ९७ पुगेको छ । उप–निर्वाचनका लागि उक्त वडामा दुई मतदान स्थल र तीन मतदान केन्द्र तोकिएको छ ।