१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ कार्तिक १८ सोमबार १९:०३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

पूर्व सभामुख महरा डिल्लीबजार कारागारमा (फाेटाेफिचर)

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १८ सोमबार १९:०३:००

पूर्व सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागार चलान भएका छन् । बलात्कार प्रयास आरोपमा सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई जेल चलानको आदेश दिएको थियो ।

संघीय संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको अभियोगमा पूर्व सभामुख महरालाई पक्राउ गरी गत बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको थियो । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २१९ को उपदफा ३ (ङ) मा १८ वर्ष वा सो भन्दा बढी उमेरकी महिलालाई जबर्जस्ती करणी गरे सात वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था छ । महराले जबर्जस्ती करणी प्रयास मात्रै गरेकाले सो ऐनको दफा ३४(३) अनुसार आधा सजाय माग गरिएको थियो । 

त्यस्तै, महरा सार्वजनिक ओहोदामा रहेर कसुर गरेको भन्दै सरकारी वकिलले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा १५ (ङ) बमोजिम थप सजायको माग पनि गरेको थियो । यस व्यवस्थाअनुसार महरालाई ५० प्रतिशत थप सजायको मागसहित सरकारी वकिलले मुद्दा दर्ता गरेको थियो ।

पूर्व सभामुख महराको पक्षमा आइतबार र सोमबार दुई दिन गरी ३२ जना वकिलहरूले बहस गरेका थिए । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शुदर्शनराज पाण्डेको इजलासले  महरालाई जेल चलानको आदेश दिएको हो ।

पूर्व सभामुख महरालाई काठमाडाैं जिल्ला अदालतदेखि डिल्लीबजार कारागारसम्म लैजाँदै गरेकाे दृष्य :