१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o८:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अहिलेको संसदीय व्यवस्था ‘फेलियर’ भयो : सभामुख 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:५३:oo

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले अहिलेको संसदीय व्यवस्था ‘फेलियर’ भएको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको मिडिया महोत्सवमा सभामुख घर्तीले अहिले चार–चार दिनमा सरकार बदल्नुपर्ने अवस्था आउनु अहिलेको संसदीय व्यवस्थाको फेलियर अभ्यास भएको भन्दै यसलाई सच्याउनुपर्ने बताए। स्थानीय तहमा जसरी प्रत्यक्ष निर्वाचन हुन्छ, प्रदेश र संघमा पनि प्रत्यक्ष निर्वाचित प्रणाली अपनाउनुपर्ने उनको भनाइ थियो ।

उनले संविधानमा सूचनाको हक मात्रै नभई गोपनीयताको हक पनि भएको बताएका छन् । सूचनाको हक मात्रै नभई सञ्चारमाध्यमले गोपनीयताको हकका सन्दर्भमा पनि गम्भीर बन्नुपर्ने बताए । ‘सूचनाको जति धेरै महत्व हुन्छ, गोपनीयताको हकको महत्व पनि त्यतिकै छ,’ उनले भने, ‘यसमा पत्रकारहरूले पनि ध्यान दिनुपर्छ ।’ 

पत्रकार महासंघ दाङले आयोजना गरेको मिडिया महोत्सवको मंगलबार समापन गरिएको छ । महासंघले दुई दिन विभिन्न विषयमा बहस गरेको थियो । १२औँ अधिवेशन तथा २२औँ साधारणसभाको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।  

दुई दिनसम्म चलेको महोत्सवमा ‘नैतिकताको कसीमा मिडिया’, ‘मिडियामा समावेशी सवाल’, ‘मिडियाको सामर्थ्य र भविष्य’, ‘संघीयता, विकास र मिडिया’लगायतका विषयमा बहस भएको थियो । 

ad
ad