१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ कार्तिक ६ बुधबार १३:४१:००
Read Time : < 1 मिनेट
समाचार

सामूहिक बलात्कारपछि युवतीको हत्या गरी फरार रहेका अभियुक्तलाई अमेरिकाबाट ल्याइयो 

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ६ बुधबार १३:४१:००

१९ वर्षअघि एक किशोरीमाथि सामूहिक बलात्कारपछि रुखमा झुन्डाएर हत्या गर्ने अभियुक्तलाई नेपाल प्रहरीले अमेरिकाबाट ल्याएको छ । झापा स्थायी घर भएका ४२ वर्षीय लिलाराज गौतमलाई नेपाल प्रहरीले अमेरिकाबाट पक्राउ गरी नेपाल ल्याएको हो । 

अन्तराष्ट्रिय अपराध प्रहरी संगठन(इन्टरपोल) र अमेरिकी प्रहरीको सहयोगमा उनलाई अमेरिकाबाट डिपोर्ट गराई नेपाल ल्याइएको हो । गौतमलाई इन्टरपोल शाखाका प्रहरीले बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । 

प्रहरीका अनुसार गौतमसहित मनोज खड्का र सीताराम बस्नेत मिलेर २९ असोज २०५७ मा झापा चन्द्रगढी– ३ की सन्ध्या राजबंशीलाई सामूहिक बलात्कारपछि रुखमा झुन्डाएर हत्या गरेका थिए । घटना खुल्ने डरले युवतीले आत्महत्या गरेको देखाउन उनीहरुले झुन्डाएर हत्या गरेका थिए । 

त्यसयता फरार रहेका गौतम अमेरिकामा रहेको खुलेपछि नेपाल प्रहरीले उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गराएको थियो । सोहीअनुसार १३ फेब्रुअरी २०१८ मा उनलाई अमेरिकाको होमल्याण्ड सेक्युरिटीले पक्राउ गरेको थियो । करिब दुई वर्ष लामो प्रयासपछि उनलाई नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।