१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार २१:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पक्राउ परेकालाई १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २१:o९:oo

बालिकामाथि सामूहिक बलात्कार

मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचमध्ये तीनजना माथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ। 
बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको थियो। तीमध्ये तीनजनालाई थप अनुसन्धानका लागि १३ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको हो। 
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले दुईजनालाई म्याद थपका लागि बुधबार अदालत पेस गरिने जानकारी दिए। घटनामा संलग्न रहेका आरोप लागेका चारजना फरार छन्। 

छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी बालिकामाथि नगर प्रहरीका एक जवानसहित नौजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। 

बलात्कार आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय  सहयोगी वसन्त रोकाया छन्। 

अन्य तीनजना बालक भएकाले उनीहरूको नाम खुलाइएको छैन। ती बालिकामाथि गत असोजमा बलात्कार भएको र बालिकाको गर्भमा भ्रुण हुर्कँदै गएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ। 

इन्स्पेक्टर बुढाथोकीका अनुसार सुरुमा बालिका आफ्नो पेटमा रहेको बच्चा फाल्न जिल्ला अस्पताल गएकी थिइन्। चिकित्सकले सोधखोज गर्दा उनले एक युवकको नाम लिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। सोही युवकले अन्य ६ जनासमेतले बलात्कार गरेको बताएपछि प्रहरीले चारजनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो। 

ad
ad