१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १७ शुक्रबार ०८:०६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी बनाउनुस् मटन परिकार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज १७ शुक्रबार ०८:०६:००

पक्कु

आरबी बुढाथोकी 
सुसेफ 
सोल्टी क्राउन प्लाजा होटेल  

आवश्यक सामग्री : खसीको मासु १  केजी, तोरीको तेल ३  चम्चा, अदुवा लसुनको पेस्ट २ चम्चा, जिरा धनियाँको पाउडर डेढ चम्चा, खुर्सानीको पाउडर एक चम्चा, सुकमेलको धुलो आधा चम्चा, मरिचको धुलो, तेज पात चार पिस, नुन स्वादअनुसार, घिउ २ चम्चा । 

विधि : खसीको मासुलाई स–साना पिस गरेर काट्नुस् र माथि उल्लेखित सबै मसला हालेर मज्जाले मोल्नुस् र एक घन्टा आधा छोपेर राख्नुस् । त्यसपछि सम्भव भए मासुलाई  बाक्लो खालको पित्तलको कसौँडीमा हालेर सानो आगोमा पकाउन सुरु गर्नुस् । बीच–बीचमा चलाइरहनुस् ।

मासु पट्ट–पट्ट गर्न थालेपछि पानीको मात्रा सुक्खा हुन्छ र अन्त्यमा शुद्ध घिउ हालेर फेरि चलाउनुस् र आगोबाट निकाल्नुस् । पक्कु तयार हुन्छ । तर, पाक्नेबित्तिकै यसलाई प्रयोग नगर्नुस् । १० मिनेट जति छोपेर राख्नु राम्रो मानिन्छ । यसरी पकाएको पक्कु धेरै दिनसम्म पनि प्रयोग गर्न सकिन्छ ।

बिर्यानी
आवश्यक सामग्री 
खसीको मासु १ केजी, बेसार १ चम्चा, तोरीको तेल  ६० एमएल, घिउ २ चम्चा, गरम मसाला नपिसेको दाना ६० ग्राम, जिरा धनियाँको धुलो २ चम्चा, खुर्सानीको धुलो १ चम्चा, अदुवा लसुनको पेस्ट २ चम्चा, प्याज ३ वटा, दही एक डाडु, बिर्यानी चामल १ केजी पुदिनाको पत्ता १५ ग्राम, धनियाँको पत्ता एक मुठा, तेजपात ४ वटा, फुड कलर पिन्च, गुलाबजल २ चम्चा, भुटेको सुक्खा प्याज १०० ग्राम, नुन स्वादअनुसार, काजु ८० ग्राम ।

विधि : तोरीको तेल तताएर प्याज भुट्नुस् र खैरो हुनासाथ केही गरम मसला हालेर खसीको मासु हालिदिनुस, केही समय भुटेपछि अन्य मसला हालेर ग्रेभी तयार गर्नुस् र मासु पाक्न लागेपछि दही हालेर चलाउनुस्, तातोबाट निकाल्नुस् ।

अर्को चुलोमा माज्जाले पानी उमाल्नुस् र सम्पूर्ण गरम मसलाको दाना र तेजपात हालेर २० मिनेट पकाउनुस् । भिजाएको बिर्यानी चामललाई उम्लिरहेको पानीमा ओइरिदिनुस् र ७० प्रतिशत चामल पाक्न दिनुस् । त्यसपछि चामललाई उतार्नुस् र तह–तह पारेर कसौँडी या तसलामा मासु र चामल मिलाएर राख्दै जानुस् ।

बीच–बीचमा भुटेको प्याज, धनियाँ र पुदिनाको पत्ता, घिउ र पहेँलो फुड कलर पनि तहै पिच्छे हाल्दै जानुस् । तीन या चार लियर भएपछि राम्ररी आल्मुनियम पेपरले छोप्नुस् र सानो आगोमा आधा घन्टा पकाउनुस् । बिर्यानी तयार हुन्छ, भुटेको काजु गार्निस गर्दा राम्रो देखिन्छ । बिर्यानी रइता सलादसँग खान अति स्वादिष्ट हुन्छ ।