१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका चितवन
२०७६ भदौ ३१ मंगलबार १४:४४:००
Read Time : < 1 मिनेट
समाचार

सवारी दुर्घटनामा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका चितवन
२०७६ भदौ ३१ मंगलबार १४:४४:००

भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुरकी २२ वर्षीया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

मंगलबार बिहान रामनगरबाट आँपटारीतर्फ आउँदै गरेको ना १ ज ५२९९ नम्बरको सो म्याजिक भ्यान अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको हो । म्याजिक पल्टिँदा त्यसमा सवार चार घाइते भएकोमा नेपालीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जना सामान्य उपचारपश्चात् घर फर्किएका छन् । म्याजिक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।रासस