१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं 
२०७६ भदौ २५ बुधबार १९:०३:००
Read Time : < 1 मिनेट
समाचार

सबै अधिकार लिएर प्रधानमन्त्रीले एकतन्त्रीय शासन गर्न खोजे : महामन्त्री कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं 
२०७६ भदौ २५ बुधबार १९:०३:००

प्रमुख प्रतिपक्ष दल कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सम्पूर्ण अधिकार हातमा लिएर एकतन्त्रीय शासन गर्न खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । 

मुलुकलाई एकतन्त्रीय शासनतर्फ लैजाने प्रधानमन्त्री ओलीको भूमिका मुलुकका लागि खतरनाक हुने उनले बताए । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ महासंघको तेस्रो वार्षिक साधारणसभा बुधबार नवलपुरको गैंडाकोटमा उद्घाटन गर्दै उनले संविधान परिवर्तन गर्ने सरकारको प्रयासलाई सफल हुन नदिने चेतावनी दिए ।

महामन्त्री कोइरालाले संविधानमा केरमेट गर्ने सरकारको प्रयासलाई सफल हुन नदिन आफ्नो पार्टी सचेत रहेको बताए । नेपाली जनताको ७० वर्षदेखिको चाहना पूरा गर्न संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरिए पनि सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको उनले दाबी गरे ।