१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका दोलखा
२०७६ भदौ ८ आइतबार २०:०५:००
Read Time : < 1 मिनेट
समाचार

चौरी लिन गएका युवा मृत भेटिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका दोलखा
२०७६ भदौ ८ आइतबार २०:०५:००

दोलखाको गौरिशंकर गाउँपालिका वडा नम्बर ४ झ्याकशस्थित बासाका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । 

शनिबार जंगलमा चर्न गएका चौंरी साँझसम्म गोठ नफर्कीएपछि चौंरी लिन भन्दै जंगलतर्फ लागेका ३६ वर्षिया जित बहादुर शेर्पा मृत अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार शनिबार साँझ चौरी खोज्न गएका शेर्पा रातभर घर नफर्किएको र आइतबार उनको शव भेटिएको थियो । 

आफन्तले खोजीका क्रममा आइतबार बिहान ९ बजे घर देखी करिब २ सय मिटर पर बासा पण्डित सामुदायीक वनमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सेते तामाङले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको अधिकारी तामाङले बताएका छन् ।