मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ८ बिहीबार
  • Thursday, 23 January, 2025
२o८o चैत ८ बिहीबार १४:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१८ दिनदेखि बेपत्ता नरबहादुर मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत ८ बिहीबार १४:१४:oo

१८ दिनदेखि बेपत्ता रहेका एकजना मृत फेला परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका– ३ गैरागाउँका ४६ वर्षीय नरबहादुर बोहरा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। 

गएको फागुन १९ गतेदेखि हराइरहेका बोहरा नौलीगाड भन्ने स्थानमा मृत फेला परेको जनाइएको छ। स्थानीयले बोहरालाई मृतावस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको प्रहरी निरीक्षक जोशीले बताए।  

घटनाका विषयमा अनुसन्धानका लागि प्रहरी निरीक्षक जोशी नेतृत्वको टोली घटनास्थल पुगेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

छुटाउनुभयो की ?