मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
२o८३ असोज १४ बुधबार १४:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिमाल आइरन एन्ड स्टिल उद्योगका श्रमिकको समस्याबारे संसदमा ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार १४:४१:oo

पर्सा क्षेत्र नम्बर १ का सांसद बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका कर्मचारीको समस्याबारे संसदमा आवाज उठाएका छन्। त्यहाँ कार्यरत १५० जना श्रमिकले नाै महिनादेखि अढाई करोडभन्दा बढी पारिश्रमिक नपाएको भन्दै पन्तले भुक्तानीका लागि सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने, ‘दसैँको मुखमा ती श्रमिकको तलब यथाशीघ्र भुक्तानीका लागि समन्वय एवं सहजीकरणको पहल गरिदिन सभामुखज्यूमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

कुनै समय हजारौँ श्रमिकलाई रोजगारी दिने ज्योति समूहको यो व्यापारिक प्रतिष्ठान अहिले १५० जना श्रमिकको समेत ज्याला दिन नसक्ने दयनीय अवस्थामा पुग्नुको मुख्य कारण के हो भन्दै उनले प्रश्न उठाएका छन्।

‘पछिल्ला सरकारहरूको गलत आर्थिक एवं बैंकिङ लगानी नीतिकै  कारण निम्तिएका यस्ता औद्योगिक संकटको गम्भीर समीक्षा गर्दै त्यस्ता संकटग्रस्त उद्योगहरूलाई उकास्न विशेष आर्थिक नीति ल्याई मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन म सभामुखज्यूमार्फत सरकारको गम्भीर  ध्यानाकर्षण गराउँदछु,’ पन्तले संसदमा भने।

↑