नेपालीको महान् चाड बडा दसैँ, तिहार तथा छठ पर्वको शुभ अवसर पारेर नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि (पद्मज्योति ग्रुप)ले आफ्ना ग्राहकका लागि ‘यो दसैँ, आशाको सुरुवात’ नामक विशेष र आकर्षक योजना सार्वजनिक गरेको छ ।
चाडपर्वको उल्लासलाई थप विशेष बनाउने उद्देश्यका साथ बजारमा ल्याइएको यस योजनाअन्तर्गत ग्राहकले होन्डाको नयाँ बाइक तथा स्कुटर खरिद गर्दा स्क्र्याच कुपनमार्फत एक लाख रुपैयाँसम्मको आकर्षक नगद जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।
यस योजनाको सबैभन्दा विशेष र महत्वपूर्ण पक्ष ‘सहयोगको संकल्प’ रहेको छ । कम्पनीले ‘होन्डा छ साथ साथ’ अफरमार्फत हरेक हप्ता सातवटै प्रदेशबाट एक–एकजना गरी सातजना भाग्यशाली विजेता छनोट गर्नेछ, जसमा उनीहरूले एक लाख रुपैयाँसम्म जित्ने अवसर पाउनेछन् ।
यसअन्तर्गत विजेता ग्राहकले आफूले जितेको रकम प्राप्त गर्नेछन् भने, होन्डा नेपालले विजेताले जितेको सोहीबराबरको रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा योगदान गर्नेछ । यसका साथै ग्राहकले १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन वा सात वर्षका लागि निःशुल्क सर्भिसिङ वा पाँच वर्षका लागि वार्षिक मर्मत सम्झौतामध्ये कुनै एक उत्कृष्ट सुविधा छनोट गरी प्राप्त गर्न सक्नेछन् ।
नयाँ बाइक तथा स्कुटर खरिदलाई आर्थिक रूपले थप सहज र पहुँचयोग्य बनाउन यस अफरमा फाइनान्स पार्टनरका रूपमा रहेको स्याकार हायर पर्चेज प्रालिमार्फत निकै सजिलो फाइनान्सिङको सुविधा पनि उपलब्ध गराइएको छ ।