Skip This
पूर्वप्रधानन्यायाधीश जबरालाई भेट्न नदिइएकोमा मानव अधिकार आयोगको आपत्ति
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Sunday, 27 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ११ आइतबार १६:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वप्रधानन्यायाधीश जबरालाई भेट्न नदिइएकोमा मानव अधिकार आयोगको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार १६:५९:oo

नेपाल प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेट्न नदिएको विषयमा नेपाल मानव अधिकार आयोगले आपत्ति जनाएको छ।

जबरा पक्राउको घटनाबारे जानकारी लिन आयोगको टोली प्रहरी परिसर टेकु पुगेको थियो। तर, नेपाल प्रहरीले संवैधानिक तथा कानुनी अधिकारविपरीत व्यवहार गरेको भन्दै आयोगले खेद प्रकट गरेको छ।

आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘...नेपाल प्रहरीबाट आयोगको टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन रोक लगाइएको छ। अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुरा गर्दा के-कति कारणले आयोगको टोलीलाई अनुगमन गर्न नदिएको हो यस विषयमा समेत  जानकारी दिइएन।’

राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ अनुसार सार्वजनिक संस्था, निजी संस्था वा अन्य स्थानको निरीक्षण र अनुगमन गर्ने अधिकार आयोगसँग रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन र आयोगलाई प्राप्त संवैधानिक तथा कानुनी अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ।’

सुरक्षा थ्रेट भएको भन्दै प्रहरीले जबरालाई शनिबार बेलुका घरबाटै पक्राउ गरेको थियो। प्रहरीले सोधपुछपछि आइतबार दिउँसो नै परिवारको जिम्मा लगाएर छोडिसकेको छ।

↑