कञ्चनपुरको बेलौरी नगरपालिकामा नालामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ। बेलौरी–६ स्थित भंगी नालामा डुबेर स्थानीय ३९ वर्षीय महेश केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।
कञ्चनपुर प्रहरीका अनुसार शनिबार घरबाट सम्पर्कविहीन भएका केसीको आइतबार दिउँसो नालामा शव फेला परेको हो। नालामा मृत फेला परेका केसीको शव श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
अविरल वर्षाका कारण खोलानालामा जलस्तर वृद्धि भइरहेकाले सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।