Skip This
मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, एक दर्जन मानिस सम्पर्कविहीन
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ११ आइतबार
  • Sunday, 27 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ११ आइतबार १६:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, एक दर्जन मानिस सम्पर्कविहीन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ११ आइतबार १६:o१:oo

मनाङस्थित हिम्लुङ हिमालमा हिउँपहिरो गएको छ। आइतबार बिहान  नार्पाभूमि गाउँपालिका– ५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो गएको प्रहरीले जनाएको छ।

पहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। हिमाल आरोहणमा गएका २२ जना (नाै पर्वतारोही र १३ जना सहयोगी स्टाफ)मध्ये करिब एक दर्जन सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर मनाङका लागि गएको छ। हिमपहिरोबाट के–कति क्षति भयो भन्ने यकिन जानकारी प्राप्त भइसकेको छैन।
 

↑