पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले सोधपुछपछि रिहा गरेको छ। परिवारको जिम्मा लगाएर आइतबार दिउँसो उनलाई छाडिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शनिबार बेलुका घरबाटै पक्राउ गरेको थियो। उनीविरुद्धको अभियोग खुलाइएको छैन।
प्रहरीले भने सुरक्षा थ्रेट भएपछि प्रहरी कार्यालयमा ल्याएर राखिएको दाबी गरेको छ।
स्रोतका अनुसार सरकारकै निर्देशनमा उनी पक्राउ परेका हुन्। अदालतमा रहेका ठुला मुद्दामा चासो देखाएर सक्रियता बढाएको तथा सरकारविरोधी गतिविधिमा लागेको अभियोगमा उनी पक्राउ परेका हुन्। पक्राउ पुर्जीविना पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरिएको भनेर आलोचना भएपछि प्रहरीले पक्राउ नै नगरिएको भनेर पन्छिने प्रयास गरेको छ।