रोयल इन्फिल्डले पोखराको नयाँबजारमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालि हो भने पोखरा क्षेत्रको आधिकारिक विक्रेता क्लासिक ड्राइभ हो ।
क्लासिकले नयाँबजारमा सञ्चालनमा ल्याएको सोरुमको सोमबार उद्घाटन गरिएको छ । सोरुमसँगै सर्भिस सेन्टरसमेत सञ्चालनमा आएको छ । त्यस्तै, रोयल इन्फिल्ड क्लासिक ३५० गोर्खा एडिसन सार्वजनिक गरिएको हो ।
गोर्खा योद्धाको साहस, वीरता, गौरव र समर्पणको भावनालाई सम्मान गर्ने गरी तयार गरिएको गोर्खा एडिसनको मूल्य पाँच लाख ९९ हजार रुपैयाँ रहेको छ । साथै, सञ्चालनमा आएको सर्भिस सेन्टरमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा अझ सहज र व्यवस्थित रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।