रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म एक हजार एक सय १८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बुधबार बिहान ८ बजेसम्मको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।प्रहरीका अनुसार रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा दुई सय १७ र नवलपरासी पश्चिममा एक सय ९० जनाको शव फेला परेको छ।
फेला परेका शवमध्ये एक हजार एक सय १७ वटा शवको लाशजाँच मुचुल्का सम्पन्न भइसकेको छ भने ९५ वटा शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।पहिचान हुन बाँकी शवको पहिचानका लागि डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म एक सय ७४ महिला, दुई सय ५७ पुरुष रचार सय ३८ जनाको लिंग नखुलेको गरी ८ सय६९ शव व्यवस्थापन गरिएको छ। यस्तै, पहिचान नभएका नाै सय ११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार नाै सय १२ प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रभावित क्षेत्रबाट ६ हजार ८ सय ५३ जनाको उद्धार गरिएको छ भने पाँच हजार १५ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
यसैगरी, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा तीन हजार दुई सय ४७ जनालाई राखिएको छ। प्रहरीले बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, स्थानीयवासी तथा विभिन्न निकायसँग समन्वय गरी उद्धार र खोजी कार्य गर्ने तथा बाढीका कारण अवरुद्ध सडक तथा बाटो खुलाउने कामसमेत जारी राखेको जनाएको छ।