हिमालय–काराकोरम–हिन्दुकुश (एचकेएच) क्षेत्रमा नेपालले भोगेको हिमनदीजन्य घातक बाढी कुनै आकस्मिक वा अपवादको घटना होइन । यो एउटा चेतावनी हो । जलवायु परिवर्तनले यस क्षेत्रको ‘जल भण्डार’लाई प्रणालीगत आर्थिक तथा सुरक्षा जोखिमको स्रोतमा परिणत गर्दै छ । सन् २०२६ को अगस्ट २६ मा हिमालय क्षेत्रमा हिमनदी फुटेर आएको विनाशकारी बाढीले नेपाल र चीन (तिब्बत क्षेत्र) का सीमावर्ती इलाकामा ठुलो जनधनको क्षति भयो । रसुवामा आएको बाढी केवल नेपालको मात्र त्रासदी होइन, बरु दक्षिण एसियाका हरेक सरकारका लागि चेतावनी पनि हो ।
दशकौँदेखि हिन्दुकुश–हिमालयले हिमनदी ताल फुटेपछि आउने बाढी (ग्लेसियल लेक आउटब्रस्ट फ्लड, ग्लोफ्स) को अनुभव गर्दै आएको छ । नेपालमा १९८५ को डिग त्सो विस्फोट, १९९४ मा भुटानमा लुग्गे त्सो बाढीको विपत्ति र २०१३ मा भारतमा केदारनाथ विपत्तिले पानी, तट र अस्थिर पहाडी भूभाग कति छिटो सामूहिक मृत्युमा परिणत हुन सक्छ भनेर देखाउँछ । तर, खतरा परिवर्तन हुँदै छ । इसिमोडको एक नयाँ प्रतिवेदनले पुष्टि गर्छ कि हिमालय क्षेत्रका हिमनदीले सन् २००० पछि दोब्बर दरमा बरफ गुमाउँदै छन् ।
तथापि, धेरै लामो समयदेखि दक्षिण एसियाले पहाडलाई पूर्वाधारको सट्टा दृश्यका रूपमा व्यवहार गरेको छ । त्यो खतरनाक गल्ती हो । हिन्दुकुश–हिमालयलाई प्रायः विश्वको तेस्रो ध्रुव भनिन्छ, किनभने आर्कटिक र अन्टार्कटिकाबाहिर यहाँ हिउँ र बरफको सबैभन्दा ठुलो भण्डार छ । यो एसियाको जलभण्डार पनि हो । १० प्रमुख नदी प्रणालीहरू यहीँबाट उत्पत्ति हुन्छन् र तिनको पानीले लगभग एक अर्ब ९० करोड मानिसको जीवन धान्छ ।
पछिल्लो वैज्ञानिक अध्ययनले देखाएअनुसार हिमालयका हिमनदीबाट हिउँ पग्लने वा गुम्ने दर यस शताब्दीको सुरुवाती चरणको तुलनामा करिब दोब्बर भएको छ । हालको उत्सर्जनको अवस्था कायमै रहेमा सन् २१०० सम्ममा यस क्षेत्रले आफ्ना हिमनदीको हालको आयतनको ८० प्रतिशतसम्म हिस्सा गुमाउन सक्नेछ । तापक्रम वृद्धिलाई १.५ देखि २ डिग्री सेल्सियसमा सीमित राख्न सकेको खण्डमा पनि ३० देखि ५० प्रतिशतसम्म हिउँ गुम्ने अनुमान गरिएको छ ।
यसको प्रभाव गहिरो छ । निकट भविष्यमा, बढी पग्लनुको अर्थ बढी पानी र हिमनदी तालहरू विस्तार हुनु हो । पछि, हिमनदी साँघुरिँदै जाँदा उही नदीले कम पग्लने पानी बोक्न सक्छन् । साथै, अस्थिर स्लोप, पग्लिँदै गएको पर्माफ्रस्ट, तीव्र वर्षा र परिवर्तनशील हिमपातले बाढी र पहिरो बढाउन सक्छ । त्यसैले, यो क्षेत्र खतरनाक विरोधाभासतर्फ अघि बढिरहेको छ, समाजले सोस्न नसक्दा धेरै पानी र अत्यन्तै आवश्यक पर्दा धेरै कम । नेपालको विपत्तिले मूल्यको झलक प्रस्तुत गर्छ ।
यसको प्रभाव गहिरो छ । निकट भविष्यमा बढी पग्लनुको अर्थ बढी पानी र हिमनदी, तालहरू विस्तार हुनु हो । पछि, हिमनदीहरू खुम्चिँदै जाँदा, तिनैले कम पग्लिने पानी बोक्न सक्छन् । एकै समयमा अस्थिर ढलानहरू पग्लिँदै गएको पर्माफ्रस्ट (माटो, चट्टान वा गेग्रानजस्ता कुनै पनि प्रकारको जमिन, जुन लगातार दुई वा सोभन्दा बढी वर्षसम्म ० डिग्री सेल्सियस वा सोभन्दा कम तापक्रममा रहिरहन्छ), तीव्र वर्षा र परिवर्तनशील हिमपातले बाढी र पहिरो बढाउन सक्छ । त्यसैले, यो क्षेत्र खतरनाक विरोधाभासतर्फ अघि बढिरहेको छ ।
अब बहावको तल्लो क्षेत्रतर्फ हेरौँ । पाकिस्तानमा बारम्बार आउने सहरी बाढीले पनि उस्तै चेतावनी दिइरहेको छ । मनसुनको अत्यधिक वर्षा र विगतको जलवायु परिस्थितिलाई ध्यानमा राखी बनाइएका ढल निकास प्रणाली, भू–उपयोगसम्बन्धी निर्णय तथा पूर्वाधारबिचको द्वन्द्व बढ्दै गइरहेको छ । भारी वर्षाको क्रम बढ्दै जाँदा पाकिस्तानी अधिकारीले लाहोर र रावलपिन्डीलगायत सहरमा सहरी बाढीको जोखिमबारे पटक–पटक चेतावनी दिँदै आएका छन् ।
जलवायुसम्बन्धी विपत् केवल जलवायुका कारण मात्र उत्पन्न हुँदैनन् । परिवर्तनशील जोखिम र कमजोर शासन व्यवस्थाको मिलनबाट यस्ता विपत् सिर्जना हुन्छन् । त्यसैले, दक्षिण एसियाले जलवायु अनुकूलनलाई केवल राष्ट्रिय परियोजनाको समूहका रूपमा हेर्ने दृष्टिकोण त्याग्नुपर्छ । नदीहरू क्षेत्रीय हुन्छन्, हिमनदीहरू क्षेत्रीय हुन्छन् र जोखिम पनि क्षेत्रीय नै हुन्छन् । तसर्थ, शासन व्यवस्था पनि क्षेत्रीय हुनु आवश्यक छ ।
यसको एउटा व्यावहारिक सुरुवात ‘थर्ड पोल रिस्क कम्प्याक्ट’ हुन सक्छ । यो हिन्दकुश–हिमालय क्षेत्रभरि हिमनदी तथा तालको अनुगमन, स्याटेलाइट तथ्यांक, जलविज्ञानसम्बन्धी पूर्वानुमान, पूर्वसूचना प्रणाली, जलविद्युत् सञ्चालक र विपत् व्यवस्थापन निकायलाई जोड्ने एक स्थायी प्रणाली हुनेछ । कृत्रिम बुद्धिमत्ता (एआई) र सेन्सरहरूको प्रयोगले विपत् सुरु भइसकेपछि भन्दा सुरु हुनुभन्दा केही मिनेटअघि सीमापारि सूचना वा चेतावनी पुर्याउन सम्भव बनाउन सक्छ । यसका लागि ती देशबिच विश्वास र तथ्यांक आदान–प्रदानको आवश्यकता पर्छ, जसको अन्य धेरै विषयमा प्रायः सहमति हुँदैन । साथै, जलवायु वित्तलाई केवल घोषणामा मात्र सीमित नराखी अनुगमन केन्द्रहरू, विपत्प्रतिरोधी पूर्वाधार, सामुदायिक पूर्वतयारी र सीमापारि पूर्वसूचना प्रणालीमा परिचालन गर्नुपर्छ । यससम्बन्धी राजनीतिक तर्क पनि उत्तिकै सरल छ । यथास्थितिलाई निरन्तरता दिनु अब कुनै तटस्थ विकल्प होइन, यो जोखिमपूर्ण निर्णय हो ।
अब दक्षिण एसियाका नेतासामु एउटा विकल्प छ । उनीहरूले ‘भोलि पनि हिजोजस्तै हुनेछ’ भन्ने सोचका साथ शासन गर्ने वा वास्तवमै आइरहेको जलवायु परिस्थितिको सामनाको तयारी गर्ने निर्णय गर्नुपर्छ । नेपालमा खसेको हिमनदीले कुनै सिमानाको पर्वाह गरेन, आउने बाढी, खडेरी वा पानीको संकटले पनि त्यस्तै गर्नेछ । ‘थर्ड पोल’ (तेस्रो ध्रुव) ले हामीलाई सचेत गराइरहेको छ कि भविष्य विगतजस्तै हुनेछैन । अझ ठुलो मूल्य चुकाउनुअघि नै दक्षिण एसियाले यो कुरा सुन्नुपर्छ ।
पाकिस्तानी समाचार संस्था डनबाट (लेखक जलवायु नीति विश्लेषक हुन्)