मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १६ मंगलबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १६ मंगलबार १३:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनिश्चितकालीन स्थगित प्रतिनिधिसभा बैठक भोलि बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १६ मंगलबार १३:१६:oo

अनिश्चितकालका लागि स्थगित प्रतिनिधिसभाको बैठक भोलि ०८३ भदौ १७ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संघीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारका अनुसार बैठकमा सभामुखले महाविपतबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची स्वीकृत भएको छ।

महाविपतसँग सम्बन्धित विषयमा संसदमा प्रतिनिधित्व गर्ने ६ दलका नेताहरूलाई बोल्न दिने सहमतिसमेत भएको जनाइएको छ। विशेष प्रस्तावमा भने छुट्टै प्रस्तावक र समर्थक रहने व्यवस्था नहुने बताइएको छ। प्रतिनिधिसभाको बैठक भदौ १७ र १८ गते दुई दिन सञ्चालन हुनेछ। त्यसपछि तीन दिन सार्वजनिक बिदा रहेकाले संसद्को बैठक भदौ २२ गतेदेखि पुनः सञ्चालन हुने जनाइएको छ।

भदौ २२ गते सरकारले राष्ट्रिय शोक घोषणा गरेमा संसद्ले नियमित ‘बिजनेस’ भने भदौ २३ गतेदेखि अघि बढाउने तयारी गरिएको छ। रास्वपाका संघीय संसदीय दलका सचेतक परियारले उक्त जानकारी दिएका हुन्।