भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण बेपत्ता भएकाहरूको पहिचानका लागि नेपाल प्रहरीले आफन्तकाे डिएनए परीक्षण प्रक्रिया अघि बढाएको छ।
बाढीका कारण बेपत्ता तथा भेटिएका शव वा शरीरका अंगहरूको पहिचान गर्नका लागि बेपत्ताका नजिकका आफन्तलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको हो। फेला परेका शव वा मानव अंगहरूको पहिचानका लागि उनीहरूको सबैभन्दा नजिकको रगतको नाता पर्ने सदस्यहरूको नमुना संकलन गर्नुपर्ने हुन्छ।
नमुना संकलनका लागि बेपत्ताका बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एकजनालाई आफ्नो दुईप्रति पासपोर्ट साइजको फोटोसहित प्रहरी अस्पताल महाराजगन्ज, प्याथोलोजी ल्याब काठमाडौं वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।