मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १३ शनिबार
  • Saturday, 29 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ भदौ १३ शनिबार १५:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रसुवा भोटेकोशी बाढी अपडेट : २७ प्रहरी अझै सम्पर्कविहीन, ६२६ शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ भदौ १३ शनिबार १५:५२:oo

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट भएको क्षतिपछि उद्धार तथा खोजी कार्य जारी रहेको छ। नेपाल प्रहरीले शनिबार दिउँसो २:५० बजेसम्मको अपडेट सार्वजनिक गर्दै हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको जनाएको छ।

बाढी तथा विपद्का घटनापछि देशभर चार हजार ८ सय ५४ जना प्रहरी कर्मचारी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। उद्धार तथा खोजीका क्रममा हालसम्म ६ सय २६ जनाको शव फेला परेको छ भने दुई हजार तीन सय एक जना घाइते तथा उद्धार गरिएको विवरण सार्वजनिक गरिएको छ।

प्रहरीका अनुसार फेला परेका शवको विवरण विभिन्न जिल्लामा यसप्रकार रहेको छ: 

रसुवा : १३
नुवाकोट:  ४१
धादिङ : ४९
चितवन: २३३
गोरखा : ५४
तनहुँ : ३१
नेपाल प्रहरी पूर्व क्षेत्र : १५८
नेपाल प्रहरी पश्चिम क्षेत्र : ४७

त्यस्तै, उद्धार तथा प्रभावित व्यक्तिहरूको विवरणमा रसुवामा ६ सय ७६, नुवाकोटमा एक हजार ६ सय २२ र धादिङमा तीन जना रहेको जनाइएको छ। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या एक सय ४० जना रहेको प्रहरीले जनाएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको छ। सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजी तथा प्रभावित नागरिकको उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।