मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १३ शनिबार
  • Saturday, 29 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ १३ शनिबार १५:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भाेटेकाेशी बाढीपछि उद्धार र पुनर्निर्माणका लागि विदेशी विज्ञहरू बोलाउने सरकारकाे तयारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १३ शनिबार १५:२९:oo

भाेटेकाेशी बाढीपछि खोज, उद्धार र पुनर्निर्माणका लागि सरकारले विदेशी विज्ञहरू बोलाउनेबारे छलफल थालेको छ । उद्धारका लागि सुरक्षाकर्मीभन्दा पनि अन्य विषयका विज्ञहरूलाई बोलाउने तयारी भइरहेको स्रोत बताउँछ ।

खोजी तथा उद्धार छिटो गर्न हेभी इक्विपमेन्ट र ती साधन चलाउन सक्ने विज्ञ आवश्यक रहेको सुरक्षा निकायको भनाइ छ । ‘बाढी प्रभावित क्षेत्रको खोज र उद्धारमा महिनौँ लाग्ने देखिन्छ,’ एक उच्च सुरक्षा अधिकारी भन्छन्, ‘त्यो अवस्थामा धेरै शव सडिसकेको हुन सक्छ, त्यस्ता शवको सनाखत गर्न सक्ने विज्ञहरू पनि आवश्यक देखिन्छ ।’ त्यस्तै, पुनर्निर्माणका कामलाई तीव्रता दिन पनि विदेशी विज्ञ बोलाउन आवश्यक हुने सुझाव सुरक्षा निकायले दिएका छन् ।

छिमेकी भारत र चीनसहित विभिन्न देशले खोज तथा उद्धारका लागि टिम पठाउने प्रस्ताव गरे पनि तत्काल सरकारले त्यसमा कुनै निर्णय गरिसकेको छैन । सुरक्षाकर्मीभन्दा विज्ञहरू झिकाउने सरकारको तयारी छ ।