सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ सँगै ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ सार्वजनिक गरेको छ । सामसङको फोल्डेबल प्लाटफर्मले डिजाइन, ड्युरेबिलिटी, पोर्टेबिलिटी र सफ्टवेर क्षेत्रमा वर्षौँदेखि हासिल गरेको सिकाइ र सुधारलाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अुनसार ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा र ग्यालेक्सी जेड फोल्ड ८ का ठुला डिस्प्लेले एआईलाई विभिन्न काम गर्न बृहत् कार्यस्थल उपलब्ध गराउँछन्, जसले प्रयोगकर्तालाई बारम्बार एप परिवर्तन नगरी समीक्षा, तुलना, सिर्जना तथा आवश्यक एक्सन लिन सहज बनाउने विश्वास लिइएको छ ।
ग्यालेक्सी जेड फ्लिप ८ लेकम्प्याक्ट फर्म फ्याक्टोमा छिटो एआई अन्तक्र्रिया र रचनात्मक अभिव्यक्तिको अनुभव प्रदान गर्छ भने नयाँ ग्यालेक्सी वाच लाइनअपले कनेक्टेड स्वास्थ्य तथा वेलनेस एक्सपिरियन्सलाई विस्तार गर्ने दाबी कम्पनीको छ । यसको प्रिअडर बिहीबारदेखि सुरु भएको छ ।
ग्राहकले हुलास फिनसर्भबाट ४० प्रतिशत डाउन पेमेन्ट गरी २४ महिनाको किस्ताबन्दी सुविधामा आफूलाई मन परेका मोडेल लिन सक्नेछन् । साथै, योग्य ग्राहकलाई किस्ताबन्दी अवधि ३६ महिनासम्म विस्तार गर्दै डाउन पेमेन्ट २० प्रतिशतसम्म घटाउने लक्ष्य राखिएको पनि कम्पनीले जनाएको छ ।
प्रिअर्डर गर्दा ग्राहकले ६८ हजारसम्मका विभिन्न सुविधा पाउनेछन् । जसमा एनसेलको अनलिमिटेड डेटा तथा भ्वाइस प्याक दुई वर्षका लागि निःशुल्क, १५ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस, ग्यालेक्सी वाचमा १० हजार छुट, गुगल एआई प्रो ६ महिनाका लागि निःशुल्क १८ हजारसम्मको बचत हुने बताइएको छ ।