मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २९ शुक्रबार १२:११:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नाइमा एक्स्पोमा अभिनेत्री शिवाकोटीले गरिन् एमजी एस–६ बुकिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १२:११:oo

भृकृटीमण्डपमा जारी नाइमा एक्स्पोमा अभिनेत्री वर्षा शिवाकोटीले एमजी एस–६ गाडी बुकिङ गरेकी छिन् । पारामाउन्ट मोटर्सअन्तर्गत रहेको एमजीको स्टलमा पुगेर शिवाकोटीले गाडी बुकिङ गरेकी हुन् ।

आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र प्रिमियम इलेक्ट्रिक मोबिलिटीबाट प्रभावित भएर उक्त मोडेल रोजेको शिवाकोटीले जनाएकी छिन् । सोही अवसरमा एमजी स्मिलका अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन प्रतिनिधि मोहम्मद फहद दराईले शिवाकोटीलाई गाडीको साँचो हस्तान्तरण गरे ।

एमजीले एक्स्पोमा एमजी यु–९ इभी र एमजी एचएस एचइभी–पिएचइभी गरी दुई नयाँ मोडेलसमेत सार्वजनिक गरेको छ । नयाँ मोडेल सार्वजनिक भएसँगै प्रदर्शनीमा एमजीका सवारीसाधनप्रति दर्शकको आकर्षण थप बढेको कम्पनीले जनाएको छ ।

३१ साउनसम्म सञ्चालन हुने एक्स्पोमा नयाँ मोडेल अवलोकन तथा विशेष अफरको लाभ लिन चाहने ग्राहकलाई कम्पनीले हल बी, स्टल एल–२ मा रहेको स्टल भ्रमण गर्न आग्रह गरेको छ ।